७ पुष २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहिनी जिस्काएको निहुँमा छुरा प्रहार गरी साथीको हत्या



अ+ अ-
फाइल तस्बिर

धनकुटा । बहिनी जिस्काएको निहुँमा आफ्नै साथीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका-२ का २५ वर्षीय घनेन्द्र लिम्बू रहेका छन् ।

प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक सुरज खड्काले सोही वडा बस्ने २२ वर्षीय सन्तोष लिम्बूलाई घनेन्द्रले आफ्नो बहिनीलाई आँखा लगाएर जिस्काएको भन्दै छुरी प्रहार गरेको बताए ।

छुरी प्रहारबाट सन्तोषको आइतबार बिहान ५ बजे घटनास्थलमै मृत्यु भएको हो।

छुरा प्रहार गर्ने घनेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ।मृतकको शव पोस्टमार्टमका लागि धनकुटा अस्पतालमा पठाइएको छ ।