काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीका ३३ वटा केन्द्रीय विभाग गठनसँगै जिम्मेवारी बाँडफाँड गरेको छ ।
जसअनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्कूल विभाग इन्चार्ज बनेका छन् भने प्रमुखको जिम्मेवारी नेता गिरिराजमणि पोखरेललाई दिइएको छ ।
यस्तै, नेता नारायणकाजी श्रेष्ठ विदेश मामिला विभाग प्रमुख बन्दा संगठन विभाग प्रमुख भने अर्थमन्त्रीसमेत रहेका जर्नादन शर्मा बनेका छन् ।
नेता वर्षमान पुनले अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । प्रवक्ता कृष्णबहादुर महरालाई प्रचार तथा रक्षा विभागको जिम्मेवारी दिइएको छ ।
यस्तै, उपभोक्ता हित तथा आपूर्ति विभाग प्रमुखको जिम्मेवारी मातृका यादवलाई दिइएको छ ।
कसले के जिम्मेवारी पाए ?