एजेन्सी । भारतको तमिलनाडुमा कुन्नुर जंगलमा बुधबार दिउँसो १२ः३५ बजे सेनाको एमआई १७भी५ हेलिकप्टर दुर्घटनामा परी १३ जनाको निधन भएको छ ।
घना जंगलमा भएको उक्त दुर्घटनापछि हेलिकप्टरमा आगलागी हुन पुगेको थियो ।
भारतीय सेनाका सर्वोच्च कमाण्डर सीडीएस जनरल विपिन रावत, उनकी पत्नी मधुलिकासहित १४ जना सवार रहेको हेलिकप्टर दुर्घटनामा परी १३ जनाको निधन भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ ।
न्युज एजेन्सी एएनआईका अनुसार हेलिकप्टर सुलुर एयरबेस बाट वेलिंगटन जाँदै थियो । हेलिकप्टर १२ः३५ मा दुर्घटना हुन पुग्यो, अवतरण हुनुपर्ने स्थान दुर्घटना भएको स्थान भन्दा १० किलोमिटर वर रहेको बताइएको छ ।
घटनास्थलमा चिकित्सक, सेनाका कमाण्डर एवं अन्य उद्धारकर्ताहरु लगातार खटिइरहेका छन् । फेला परेका शवको सनाखत गर्ने प्रयास भइरहेको छ ।
कुनै शवहरु पहाडको तल देखा परेको बताइएको छ । हेलिकप्टर पूर्णरुपमा क्षतिग्रस्त र जलेको अवस्थामा रहेको छ ।
घनाजंगल र मौसम नखुलेका कारण हेलिकप्टर दुर्घटना हुन पुगेको बताइएको छ ।