१३ भाद्र २०८३, शनिबार
,
Latest
नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराका सडकमै कायकीङ !



अ+ अ-

पोखरा । उचित निकास नहुँदा पोखराको पर्यटकीय केन्द्र लेकसाइडको सडकमै आकासे पानी जमेको छ। सडकमा जमेको पानीमा स्थानीय युवाले विरोधस्वरुप कायक चलाएका छन्।

पोखरा महानगरपालिका, सडक विभागमा आकासे पानीको उचित निकास दिन व्यवस्थित ढल निर्माणकालागि माग गरेपनि सुनुवाई नभएपछि ध्यान आकर्षणका लागि कायक चलाएको स्थानीय अनिल थापाले बताए।

नेपालमा सबैभन्दा धेरै पानी पोखरामा पर्दछ। उक्च पानीको उचित व्यवस्थापन नहुँदा आकासे पानी पसलमा पस्ने भएकोले बाराही चोकका ८ वटा पसल नै बन्द गर्नु पर्ने स्थानीय व्यवसायी नारायण सापकोटाले सुनाए। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।