२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पावाट नेता गगन थापाले सरकारलाई लाए यस्तो आरोप



अ+ अ-

बेझाड । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले दुईतिहाइको बलियो सरकारले एक वर्षको अवधिमा सोचेअनुरुप काम गर्न नसकेको बताउनुभएको छ ।

नेपाल महिला सङ्घ पाल्पाको आयोजनामा सदरमुकाम तानसेनमा मङ्गलबार भएको काङ्ग्रेस जागरण अभियान कार्यक्रममा नेता थापाले इतिहासकै बलियो नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार रहेको अवस्थामा ठूला–ठूला विकासका काम गरेर देखाउने समयमा सामान्य कामसमेत गर्न नसकेको आरोप लगाउनुभयो ।

सरकारले नेपाली जनतालाई विकासको प्रत्याभूति दिलाएर खुशी र सुख दिन नसकेको उल्लेख गर्दै उहाँले अझै पनि जनताले लोकतन्त्रको अनुभूति गर्न नपाएको बताउनुभयो ।