१३ भाद्र २०८३, शनिबार
,
Latest
नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तपाईको सिक्री लुटिएला है ! डेढ महिनामै लुटिए नौ जना



अ+ अ-

काठमाडौं । धुम्बाराहीकी क्षेत्रमाया गुरुङ बाटोमा हिँड्दै थिइन् । गलामा लगाएको सिक्री कसैले झ्वाट्ट तानेर लग्यो। ‘चोर चोर’ भन्दा भन्दै सिक्री लुटेर भागे ।

गत सोमबार साँझ पल्सर मोटरसाइकलमा आएका दुई जनाले भीडभाड भएको मौका छोपी गुरुङको साढे दुई तोलाको सिक्री थुतेर भागे । मंगलबार बानियाँटारस्थित जलपाचोकमा हिँडिरहेकी मीनाकुमारी गुरुङ लुटिइन् । पल्सर मोटरसाइकलमा आएका दुई जनाले मीनाकुमारीको गलाको डेढ तोलाको सुनको लकेटसहितको सिक्री थुतेर भागे। गुहार माग्दा मोटरसाइकल धेरै टाढा पुगिसकेको थियो ।

गत चैत १३ गते बौद्ध टुसालमा याङ्जी शेर्पाको साढे दुई तोलाको सिक्री लुटियो । मानिस आउजाउ कम भएको मौका छोपेर पल्सरमा आएका दुई जनाले याङ्जीको सिक्री थुतेर भागेका थिए ।

यी तीनवटै घटना उदाहरणमात्रै हुन् । चैत दोस्रो सातादेखि जेठको पहिलो सातासम्म डेढ महिना अवधिमा उपत्यकामा नौ वटा सिक्री लुटपाटका घटना भएका छन् ।

प्रहरीले सबै घटनाका अभियुक्तलाई पक्राउ गर्न सकेको छैन । गर्मी सुरु भएपछि सिक्री लुटेर सलबलाउने गरेको विश्लेषण प्रहरीको छ । महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर टेकुले घटनाको अनुसन्धान गरिहरहेका छन् । प्रहरीले सकभर सक्कली गहना लगाएर हिँड्दा सावधानी अपनाउन पटकपटक सर्वसाधारणलाई सचेत गराउँदै आएको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।