१३ असार २०८३, शनिबार
,
Latest
लागूऔषधसहित १४ जना पक्राउ सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह दरवाङमा सडक कालोपत्र गर्न थालियो काठमाडौंमा १८८ कन्या र कुमारको सामूहिक पूजा सम्पन्न (फोटो फिचर) सीप र बजारसँग जोडिँदा रत्ननगरका सीमान्तकृत महिला आत्मनिर्भर बन्दै संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन हुनुपर्छः उपाध्यक्ष भण्डारी प्रतिपक्षका रचनात्मक सुझाव ग्रहण गर्न सरकारलाई प्रमुख सचेतक महरको आग्रह रास्वपा पतन हुन्छ, राप्रपाले आफूलाई बदल्नुपर्छः अध्यक्ष लिङदेन छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिस्पर्धामा हुने जित-हारलाई स्वाभाविक रुपमा लिन देउवाको आग्रह



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिस्पर्धामा हुने जित-हारलाई स्वाभाविक रुपमा लिन आग्रह गर्नु भएको छ । 

कांग्रेस सहमहामन्त्री  डा. प्रकाशशरण महतले नेपाली काँग्रेस र राष्ट्र निर्माणका बारेमा लेख्नुभएको 'नेपाली कांग्रेस एन्ड नेशन बिल्डिङ’ नामक पुस्तक विमोचन गर्दै प्रधानमन्त्री देउवाले पार्टीको १४औं महाधिवेशनमा सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन गर्ने  बताउनु भयो । 

केन्द्रीय नेता, महाधिवेशन प्रतिनिधि र कार्यकर्ताहरुको उल्लेख्य मात्रामा उपस्थित रहेको कार्यक्रममा देउवाले भन्नुभयो, सहमति नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा हुन्छ, प्रतिस्पर्धामा हुने जित(हारलाई स्वाभाविक रुपमा लिएर कुनै पनि प्रकारको कटुता राख्न हुँदैन ।  

उहाँले नेपाली काँग्रेसको महाधिवेशन नेपालको प्रजातान्त्रिक आन्दोलनको एउटा कोशेढुङ्गा हुने उल्लेख गर्दै महाधिवेशनमा भाग लिन उत्साहपूर्वक काठमाडौं आएका नेता–कार्यकर्ताहरू उस्तै उत्साह बोेकेर जिल्ला फर्किने र आगामी चुनावमा नेपाली कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउने कार्यमा लाग्न निर्देशन दिनुभयो ।  

सहमहामन्त्री डा महतले त्रिभुवन विश्वविद्यालयमा एमए अध्ययन गर्दा लेखेको शोधपत्रलाई परिमार्जन गर्दै पुस्तकको स्वरुप दिनु भएको हो । कार्यक्रममा डा महतले भन्नुभयो, बीपी कोइरालाको पालामा नेपाली कांग्रेसको आर्थिक नीति जे थियो, आधुनिक नेपालको आर्थिक नीतिको जग त्यही  नै हो । 

‘बिपी कोइराला स्कुल अफ पब्लिक पोलिसी’द्वारा प्रकाशित सो पुस्तकमाथि टिप्पणी गर्दे  सो संस्थाका डा पोषराज पाण्डे र डा प्रभु बुढाथोकीले बिपी कोइरालाको पालामा रहेको नेपाली कांग्रेसको आर्थिक नीति नै आधुनिक नेपालको आर्थिक नीति रहेको कुरा सो पुस्तक पढेपछि थाहा हुने भन्दै नेपाली कांग्रेसको आर्थिक, सामाजिक नीतिका बारेमा यस पुस्तकले जानकारी दिने बताउनुभयो । 

अंग्रेजी भाषामा प्रकाशन गरेको सो पुस्तक चाँडै नै नेपाली भाषामा प्रकाशन गरिने डा महतले जानकारी गराउनु भयो ।