१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोर नयाँ काईदा, सिसि क्यामेरा समेत…



अ+ अ-

सप्तरी । सप्तरीको राजविराजमा रहेको ग्लोबल कृषि सहकारी हाटबजारमा बिहीबार चोरी भएको छ । चोरी गर्न आएका चोरले राजविराज–७ स्थित बजारमा राखिएको सिसी क्यामेरामा कालो रुमालले बाँधी पाँच पसलबाट चोरी गरेको ग्लोबल बहुमुखी सहकारी संस्थाका अध्यक्ष सुखराम यादवले जानकारी दिनुभयो ।

चोरले दृष्टि चामल पसलबाट रु २५ हजार, गुलशन खातुनको किराना पसलबाट रु ५० हजार, रोशनी कस्मेटिक पसलबाट रु आठ हजार नगदसहित २५ हजार बराबरको सामान, राजाराम यादवको फोटोकपी पसलबाट ल्यापटपसहित रु ६० हजार र सम्झना भुजेलको कस्मेटिक पसलबाट रु १० हजार नगदसहित २५ हजारको सामान चोरेर भागेको संस्थाका अध्यक्ष यादवले बताउनुभयो ।

मध्यराति हावाहुरी चलेपछि बत्ती गएको मौका छोपी आएका चोरले सिसी क्यामेरामा समेत कालो रुमालले बाँधी चोरी गरेको दृष्टि चामल पसलकी सञ्चालिका सरिता झाले बताउनुभयो । पीडितले संयुक्तरूपमा जिल्ला प्रहरी कार्यालय, सप्तरीमा बिहीबार उजुरी दिएका छन् ।




भर्खरै