१३ असार २०८३, शनिबार
,
Latest
लागूऔषधसहित १४ जना पक्राउ सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह दरवाङमा सडक कालोपत्र गर्न थालियो काठमाडौंमा १८८ कन्या र कुमारको सामूहिक पूजा सम्पन्न (फोटो फिचर) सीप र बजारसँग जोडिँदा रत्ननगरका सीमान्तकृत महिला आत्मनिर्भर बन्दै संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन हुनुपर्छः उपाध्यक्ष भण्डारी प्रतिपक्षका रचनात्मक सुझाव ग्रहण गर्न सरकारलाई प्रमुख सचेतक महरको आग्रह रास्वपा पतन हुन्छ, राप्रपाले आफूलाई बदल्नुपर्छः अध्यक्ष लिङदेन छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप्ने तयारी



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा पदाधिकारी र केन्द्रीय कार्य समितिको संख्या थप्ने प्रस्ताव पेश भएको छ । महाधिवेशन अघिको अन्तिम केन्द्रीय कार्यसमिति बैठकमा नेतृत्वमा धेरै आकाक्षी भएपनि संख्या थप्ने प्रस्ताव गरिएको एक पदाधिकारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार  तीन सहमहामन्त्री केन्द्रीय समितिमा ५८ सदस्य सदस्य थप्ने प्रस्ताव पेश भएको छ । यो प्रस्ताव पारित भएमा हाल सम्म १६७ सदस्य रहेको काँग्रेस केन्द्रीय समितिको संख्या २२५ सदस्यीय हुनेछ। यसै बीच १४ औँ महाधिवेशनमा पेस गरिने तीन वटा प्रतिवेदन  केन्द्रीय समितिबाट पारित भएको छ । राजनीतिक ,सांगठानिक र आर्थिक प्रतिवेदन बैठकले पारित गरेको हो ।