६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको देन्दाङ शहरमा करेन्ट लागेर एक नेपालीको मृत्यु



अ+ अ-
फाइल फोटो

सङ्खुवासभा । सीमावर्ती चीनको देन्दाङ शहरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकालु गाउँपालिका–२ का अमरबहादुर खुम्बू रहेको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

खुम्बू चीन सरकारले निर्माण गर्दै गरेको नयाँ निकुञ्ज भवनमा काम गर्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए । खुम्बूलाई उपचारका लागि खाँदबारी ल्याउने क्रममा भोटखोला गाउँपालिका–१ मा आइपुग्दा आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ । उनको खुम्बूको शवपरीक्षणका लागि हेलिकोप्टरबाट सोमबार जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ ।

उनको मृत्यु शङ्कास्पद भएको भन्दै निष्पक्ष छानबिन नभएसम्म शव नबुझ्ने परिवारको भनाइ छ । खुम्बूको शरीरमा चोटपटक र नीलडाम देखिएकाले मृत्यु शङ्कास्पद भएको परिवारले जनाएको छ ।