६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बम विस्फोट गराएको आशंकामा विप्लवका दुई कार्यकर्ता पक्राउ



अ+ अ-
फाइल फोटो

सल्यान । नेत्र विक्रम चन्द (विप्लप) समूहका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ४० वर्षीय गिरदल बोहरा र २१ वर्षीय सेजन चन्द रहेका छन् ।

शारदा नगरपालिका १५ ठानुमारेमा सिलिन्डर बम विस्फोट गराएको आशंकामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई मोख्ला बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए ।

आइतबार राति विप्लव समूहले ठानिमारेमा मसाल जुलुसका साथै सिलिन्डर बम विस्फोट गराएको थियो ।