२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विप्लव’ समूहको समस्या सरकारले समाधान गर्नुपर्छ : पौडेल



अ+ अ-

डोटी । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको समस्यालाई सरकारले वार्ताबाट समाधान गर्नुपर्ने बताउनुभएको छ । मङ्गलबार नेपाली काङ्ग्रेस डोटीले आयोजना गरेको आमसभामा नेता पौडेलले देशमा हिसांत्मक घटना बढ्दै गएकाले ‘विप्लव’ समूहलाई वार्तामा ल्याएर समस्या समाधान गर्नुको विकल्प नरहेको सुझाव दिनुभएको छ ।

देश परिवर्तनका लागि गरेका सबै प्रयास असफल भइसकेकाले देशमा विकास र समृद्धिको यात्रा तय गर्नतर्फ सरकार गम्भीर भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “विप्लव कसरी जन्मियो रु कहाँबाट जन्मियो र किन जन्मियो यसका बारेमा सरकारले बुझेर समाधान गर्नतिर लाग्नुपर्छ ।”

नेता पौडेलले सरकारले ‘विप्लव’ माओवादीमाथि नियन्त्रण गर्न प्रतिबन्धको कदम चालेर देशलाई द्वन्द्वमा फसाउन खोजेको आरोपसमेत लगाउनुभयो । उहाँले हिंसाको राजनीति त्यागेर सबैलाई शान्तिपूर्ण राजनीतिमा आउनसमेत आह्वान गर्नुभयो । देश र नागरिकलाई सुरक्षा दिन सरकार पूर्णरुपमा असफल भएको बताउँदै उहाँले ‘विप्लव’ लाई वार्तामा ल्याएर समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप लगाउनुभयो । उहाँले ‘विप्लव’ समूहलाई पनि हतियार त्यागेर वार्तामा आउन आग्रह गर्नुभयो । त्यस्तै नेता पौडेलले दिपायलमा रहेका काङ्ग्रेसका संस्थापक नेता अर्जुनसिंह कठायतको नवनिर्मित सालिकको उद्घाटनसमेत गर्नुभएको थियो ।