१४ आश्विन २०८१, सोमबार
,
Latest
सुनको मूल्य तोलामा रु एक सयले घट्यो पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका तीन विद्यार्थीको शव हेटौँडा ल्याइयो अस्थायी आवास निर्माणका लागि तत्काल सरकारले अनुदान उपलब्ध गराउने तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

हत्या घटनाको सत्यतथ्य छानबिन गर्न युवासङ्घको माग



अ+ अ-

भक्तपुर । सूर्यविनायक नगरपालिका–२ बालकोट निवासी ३३ वर्षीय राजन (राजु) श्रेष्ठको हत्या घटनालाई पारदर्शी र प्रभावकारी ढङ्गले अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन युवासङ्घ नेपालले माग गरेको छ ।

युवासङ्घ नेपाल भक्तपुर जिल्लाले आज मध्यपुरथिमिमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सङ्घका केन्द्रीय अध्यक्ष किरण पौडेलले विभत्स हत्याको अनुसन्धानलाई प्रहरीले औपचारिकता मात्रै दिन खोजे आन्दोलन चर्काउने बताउनुभयो । “घटनामा अरु को–को संलग्न छन् त्यसको तथ्यरूपमा छानबिन गरी बाहिर ल्याउनुपर्छ”, अध्यक्ष पौडेलले बताउनुभयो । 

युवासङ्घका जिल्ला कमिटी सदस्यसमेत रहेका श्रेष्ठको मङ्सिर २१ गते राति आफ्नै साथी सूर्यविनायक नगरपालिका–२ बालकोट निवासी २८ वर्षीय हेमन्त श्रेष्ठ र मोरङ लेटाङ घर भई बालकोट बस्ने मजदुर ३० वर्षीय प्रेम विश्वकर्माले कुटपिट गरी हत्या गरेको अभियोगमा दुवै जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पत्रकार सम्मेलनपछि युवासङ्घले हत्यारालाई कारबाहीको माग गर्दै मध्यपुरथिमि अरनिको राजमार्ग शङ्खधर चोकमा प्रदर्शन गरेर चक्काजामसमेत गरेको छ । रासस