२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीभित्रको गुट-उपगुट अन्त्य हुनुपर्छ : नेता डा. कोईराला



अ+ अ-

नवलपरासी । नेपाली काङ्ग्रेसका नेताहरुले पार्टीभित्रको एकता अहिले अपरिहार्य भएको बताएका छन् । पार्टीभित्रै एकता नभए फेरि पनि काङ्गेस पछि पर्नुपर्ने अवस्था आउने उनीहरुको भनाइ छ ।

राष्ट्रिय जनजागरण अभियानअन्तर्गत नेपाली काङ्ग्रेस पश्चिम नवलपरासीले शनिबार भूमहीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा नेताले यस्तो बताएका हुन् । नेता डा. शेखर कोइरालाले पार्टीभित्रको गुटउपगुट अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले पार्टीको महाधिवेशन समयमै गर्न पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराउनुभयो । फरक प्रसङ्गमा नेता कोइरालाले ओली सरकार तानाशाही बन्दै गएको आरोप लगाउनुभयो । प्रेस स्वतन्त्रता, न्यायालयलगायतमा सरकारले हस्तक्षेप गरेको उहाँको भनाइ थियो ।

अर्का नेता अमरेशकुमार सिंहले पार्टीको महाधिवेशन लम्ब्याउने चलखेल भएको भन्दै म्याद थप नगरी महाधिवेशनमा जानुपर्ने धारणा राख्नुभयो । उहाँले पार्टीमा समावेशी, समानुपातिक प्रतिनित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । नेता सिंहले नागरिकता विधेयक तत्काल टुङ्ग्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । अर्का नेता प्रदीप गिरीले एकजुट भएर काङ्ग्रेसलाई अघि बढाउन आवश्यक छ भन्नुभयो ।