२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारसँग वार्ता गर्न ‘विप्लव’ समूहलाई चौतर्फी दबाब



अ+ अ-

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई सरकारसँग वार्ता गर्न चौतर्फी दबाब बढ्दै गएको छ। सरकारले गत फागुनमा गतिविधिमा प्रतिवन्ध लगाएपछि आफ्ना कार्यकर्ता पक्राउ पर्ने र कारबाही प्रक्रिया असफल हुने क्रम बढ्न थालेपछि चन्द समूहभित्रै केही नेताले वार्तामा जोड दिइरहेका छन्।

नागरिक समाज, बुद्धिजीवी र सत्तपक्षीय नेताले पनि चन्द समूहलाई वार्तामा बस्न दबाब दिइरहेका छन्। केही दिन अघि नेपाल बन्द गराउने क्रममा बम विस्फोटमा परी आफ्नै कार्यकर्ताको मृत्यु भएपछि चन्द समूहभित्र वार्ताका लागि दबाब चुलिएको छ।

तालिमप्राप्त कार्यकर्ता परिचालन गर्न नसक्दा चार कार्यकर्ताको मृत्यु भएको विषयमा समूहभित्र छलफल सुरु भएको छ। केही सदस्य वार्ता गर्दा आत्मसर्पणको सन्देश जाने भन्दै तत्काल त्यसतर्फ अघि नवढ्ने पक्षमा छन्। मागवारे सरकारसँग छलफल गर्नुपर्ने प्रस्ताव राखेपछि पोलिटव्युरो सदस्य पदम राई निलम्बित गरिएको समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।