२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’ कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने जातीय विभेद अन्त्य गर्न पाँचथर घोषणापत्र जारी ‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेक्सिको सडक दुर्घटनामा ५३ आप्रवासीको मृत्यु



अ+ अ-

मेक्सिकोबाट अमेरिकातर्फ गइरहेका आप्रवासी चढेको ट्रक दुर्घटना हुँदा कम्तीमा ५३ जनाको मृत्यु भएको छ । मेक्सिकोको चियापास क्षेत्रमा बिहीबार भएको यस दुर्घटनामा आप्रवासी चढेको ट्रक एउटा पर्खालमा ठोक्किएको अधिकारीहरुले बताएका छन् । उनीहरु मेक्सिकोको बाटो हुँदै लुकिछिपी अमेरिका तर्फ प्रस्थान गरिरहेका छन् ।

आप्रवासीले खचाखच भरिएको उक्त ट्रकमा रहेका अरु ५८ जना घाइते भएका छन् जसमध्ये तीनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

समाचार संस्था एएफपीका अनुसार, तिब्र गतिमा रहेको ट्रक अनियन्त्रित भई सडक किनाराको पर्खालमा ठोक्किएको प्रहरीले बताएको छ । स्थानीय टेलिभिजनहरुले उद्धार कार्यमा ठूलो संख्यामा एम्बुलेन्स, अग्निनियन्त्रक र उद्धारकर्मीहरु सक्रिय रहेको देखाएका छन् ।

छिमेकी ग्वाटेमालाका राष्ट्रपति अलेजान्द्रो जियामाटीले दुर्घटनामा परेका अधिकाँश व्यक्तिहरु आफ्नो देशका नागरिक हुन सक्ने भन्दै राहत र अन्य सबै प्रकारको सहयोग गर्न तत्पर रहेको बताउनु भएको छ ।