६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदलाई छ करोड होइन दश करोड दिनुपर्छ : सांसद रायमाझी



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता टोपबहादुर रायमाझीले सांसद क्षेत्र पूर्वाधार विकास कोषको बजेट दश करोड पुर्‍याउन उपयुक्त हुने तर्क गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेटमा सांसद क्षेत्र विकास कोषका लागि सरकारले ६ करोड बजेट विनियोजन गरेकोमा आलोचना भइरहेका बेला उनले तत्कालका लागि त्यसलाई बढाएर १० करोडसम्म पुर्‍याउन उपयुक्त हुने बताएका हुन् ।

उनले जनतामा सुख र समृद्धि छाएपछि सांसद क्षेत्र विकास कोषको बजेट कटौती गर्न आफूहरु सहमत हुने उनको भनाइ थियो ।