१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोसी बाढी: उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिइने बाढीबाट क्षतिग्रस्त सडक–पुल पुनर्निर्माणमा जोड दिन सांसद कँडेलको माग हिमाली जलवायु तथा विपद् कोष स्थापना गर्न सरकारसँग वर्षमान पुनको माग ‘ग्रीन आर्मी नेपाल’बारे काँग्रेसको प्रश्न–अमेरिकाको ‘ब्ल्याकवाटर’जस्तै प्राइभेट मिलिटरी कम्पनी हो ? सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय सांसद खड्काको अवस्था सामान्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

छुवाछूत अन्त्यका लागि सबै हातेमालो गरी अघि बढ्नपर्छ



अ+ अ-

पाल्पा । उत्पीडनमा रहेका दलित समुदायको समस्या सबैको साझा समस्या रहेकाले सो समस्या समाधानका लागि सबैले हातेमालो गरी अघि बढ्न आवश्यक रहेकामा जोड दिइएको छ । दलित र गैरदलितबीच सहकार्य गरेर अभियान सञ्चालन गर्न सके व्यवहारिक रुपमै जातीय छुवाछूतलगायत सामाजिक समस्या हटाउन सकिनेमा पनि यहाँ आयोजित एक कार्यक्रममा सहभागी वक्ताहरूले जोड दिए ।


दलित अधिकारका लागि साझा अभियान पाल्पा शाखाको आयोजना र जिल्ला समन्वय समितिको समन्वयमा मङ्गलबार १३औँ छुवाछूत मुक्त राष्ट्र घोषणा दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रदेश नं ५ का सांसद वीरबहादुर रानाले दलित समुदायको हक अधिकारबारे संविधानमा उल्लेख भएपनि पनि समस्या अझै उस्तै रहेकाले सबै एकजुट भएर समस्या समधान गर्न लाग्नुपर्ने बताउनुभयो ।


दलित समुदायलाई राज्यको मूलप्रवाहमा नल्याउँदासम्म समृद्धिको यात्रा पूरा हुन समस्या रहेकाले उनीहरूलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
जिल्ला समन्वय समितिका सभापति दयाराज बस्यालले जातीय छुवाछूत हटाउन सबै एकजुट भई अभियान सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।

दासम्म समृद्धिको यात्रा पूरा हुन समस्या रहेकाले उनीहरूलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
जिल्ला समन्वय समितिका सभापति दयाराज बस्यालले जातीय छुवाछूत हटाउन सबै एकजुट भई अभियान सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।

रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रामबहादुर कार्की रम्भा गाउँपालिका अध्यक्ष विष्णु भण्डारी, नेकपाका जिल्ला सदस्य राजेन्द्र विश्वकर्मा, बगनासकाली गाउँपालिका उपाध्यक्ष सरस्वती चिदी, निस्दी गाउँपालिका उपाध्यक्ष सीताकुमारी अर्याल, तानसेन नगरपालिकाका प्रशासकीय अधिकृत गोपलप्रसाद बगाले, खुमबहादुर विकलगायतले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।




भर्खरै