१४ आश्विन २०८१, सोमबार
,
Latest
बुधबारदेखि वर्षाको सम्भावना, कोशी प्रदेशमा भारी वर्षा हुने सुनको मूल्य तोलामा रु एक सयले घट्यो पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका तीन विद्यार्थीको शव हेटौँडा ल्याइयो अस्थायी आवास निर्माणका लागि तत्काल सरकारले अनुदान उपलब्ध गराउने तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि विवाद समाधान नभए एनसीसीहरुले केन्द्रलाई शुल्क नबुझाउने



अ+ अ-

काठमाडौं।गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(एनसीसी)का अध्यक्षहरुले दशौं महाधिवेशनका लागि प्रतिनिधि (डेलिगेट्स) सम्बन्धी विवाद नसुल्झिँदासम्म एनसीसीहरुले केन्द्रलाई बुझाउने शुल्क नबुझाउने चेतावनी दिएका छन्।

टिम कुलद्वारा बिहीबार आयोजित खुला डबली कार्यक्रममा राष्ट्रिय समन्वय परिषद ९एनसीसी० यूकेका अध्यक्ष प्रेम  गाहा मगरले एनसीसी युकेले विधान सम्मत ढंगले १७७ जना प्रतिनिधिको सूची अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) लाई पठाएको र केन्द्रले त्यसलाई स्वीकार्नु पर्ने बताए।  “यदि हाम्रो सूचीलाई जस्ताको तस्तै स्वीकारिएन भने हामीले पनि सदस्यता शुल्क केन्द्रलाई पठाउने छैनौं,“ उनले भने। उनले अहिलेको संकट समाधान गर्न एनआरएन युकेले पहल गर्ने पनि बताए।

एनआरएन अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले केन्द्रले अन्यायपूर्ण तरिकाले आफुहरुले पठाएको २५ प्रतिशत सदस्यता नामावली काटी दिएको बताए।  “एकलौटी तरिकाले पेलेर एउटा स्वयम्सेवी संस्थालाई राजनीतिक संस्था बनाउन खोजिएको हो भने हामी त्यसमा किमार्थ सहमत छैनौं।  हामी यस्तो निर्वाचनमा भाग लिदैनौं। “ उनले कामचलाउ अध्यक्ष कुमार पन्तले निर्वाचन समितिलाई दबाब दिएर निर्वाचन कार्यक्रम प्रकाशन गर्न लगाएको बताए।  उनले आफुहरुले पठाएको मतदाता सूचीलाई स्वीकार नगर्ने हो भने एनसीसीहरुले केन्द्रलाई लेवी नपठाउने चेतावनी पनि दिए।

एनसीसी कतारका अध्यक्ष मोहम्मद मोक्तादा मुसलमानले एनआरएनए सबै प्रवासी नेपालीको साझा संस्था भएको बताउँदै संस्था भित्र ’इगो’ को समस्या ल्याउन नहुने बताए।  उनले बसेर, छलफल गरेर समस्याको समाधान निकाल्न पनि आग्रह गरे।

यसै गरी एनसीसी अस्ट्रियाकी अध्यक्ष भवानी तिवारी,  मलेसियाका अध्यक्ष बिनोद थापा, स्पेनका अध्यक्ष शालिकराम डुम्रे, आयरल्याण्डका अध्यक्ष बिनोद कार्की, नर्वेका अध्यक्ष जीवन शाही, अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ,  पूर्व अध्यक्ष केशव कंडेल, एनआरएन जापानका संस्थापक अध्यक्ष रञ्जन प्रधानांग, अमेरिकाका पूर्व अध्यक्ष सुनिल साह, एनआरएन युकेका प्रमुख संरक्षक शेर सुनार,   केन्द्रीय उपाध्यक्ष पदका उम्मेदवार थर्क  सेन, पूर्व आइसीसी सदस्य होम नाथ शर्मा, एनआरएन अमेरिकाका सल्लाहकार वेद खरेल  लगायतले प्रतिनिधि समस्या समाधान गरेर मात्रै निर्वाचन कार्यक्रम अगाडी बढाउनु पर्ने नत्र ठूलो दुर्घटना हुन सक्ने चेतावनी दिए।

२०२१–२३ का लागि महासचिव पदका उम्मेदवार  तथा एनआरएन अमेरिकाका पूर्व अध्यक्ष डा। केशव पौडेलले एकलौटी रुपमा गराइने चुनाव आफुहरुलाई अमान्य हुने बताए।  उनले वार्ता र संवादद्वारा समस्याको समाधान गर्न आग्रह पनि गरे।

संघका केन्द्रीय उपाध्यक्ष सोनाम लामाले नेपाल सरकार विरुद्ध मुद्दा मामिला गर्ने कामप्रति आफुहरुको सहमति नभएको बताए।  उनले आफु पनि निर्वाचित पदाधिकारी भएको बताउंदै एकलौटी रुपमा संस्था चलाउने प्रवृत्तिप्रति आफ्नो समर्थन नभएको जनाए।

संघका केन्द्रीय उपाध्यक्ष मन केसीले संस्थालाई जोगाउन सबैको सहयोग चाहिने र त्यसमा पनि मेलमिलापको लागि अध्यक्ष कुमार पन्तले पहल गर्नु पर्ने बताए। उनले समस्याको समाधान गर्न आफुले गरिरहेको सर्वेक्षणमा भाग लिएर सहयोग गर्न पनि आग्रह गरे।

संघका केन्द्रीय सल्लाहकार कुल आचार्यले अमेरिका, अस्ट्रेलिया, युके लगायतका मुलुकका डेलिगेट्सहरुको नाम हटाउने काम बदनियतपूर्ण रहेको बताए।  उनले नेपाल सरकारसंग सहकार्य गरेर पुरा गर्नु पर्ने धेरै काम बांकी रहेको तर संस्थाभित्र विना कुनै छलफल वा निर्णय नगरी सरकारविरुद्ध मुद्दा लगिएको बताए। उनले अदालतले ठाडो आदेश दिएर न्याय नदिएको गुनासो पनि गरे।  

२०२१–२३ का लागि अध्यक्ष पदका उम्मेदवार आचार्यले व्यक्तिगत वा व्यापारिक स्वार्थ लिएर संसारभरिका नेपालीहरुको टाउको बेच्ने काम नगर्न खबरदारी पनि गरे। उनले विदेशी ब्यांकमा निर्व्याजी राखिएको पैसा धेरै व्याज पाइने नेपालको बैंकमा लगेर राख्न आफुले पहल गरेको र नेपाल सरकारले अनुकूल नीति बनाएकोमा धन्यवाद दिए।  उनले एनसीसीहरुलाई दबाब दिनुको सट्टा उनीहरुको माग पुरा गरिनु पर्ने बताए। उनले संस्था बचाउन पहल गर्न संरक्षक परिषदलाई  आह्वान गर्दै समस्याको समाधान गर्न आफुहरु तयार रहेको पनि बताए।