६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

साँझतिर मेघ गर्जनसहित वर्षाको सम्भावना



अ+ अ-

काठमाडौं । पश्चिमी वायुको प्रभावले देरभरको मौसममा आंशिकदेखि सामान्य बदली रही पूर्वी र मध्य भागका केही स्थान तथा पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ।

बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रि–मनसुन भएकाले लगातार झरी नहुने र तुलनात्मक पूर्व र मध्य क्षेत्रका पहाडी भूभागमा बढी वर्षा हुने देखिएको महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिए। पश्चिम क्षेत्रमध्ये पोखरामा मौसम बदली हुनेछ।

पश्चिमी वायुको प्रभावसँगै केही पूर्वी वायुको पनि मिश्रण रहेकाले बुधबारदेखि मुलुकका विभिन्न स्थानमा बढी वर्षा भएको जानकारी दिँदै उनले पश्चिम तराईमा झण्डै १५ दिनदेखि जमिन तातेकाले शनिबारदेखि मौसममा बदली भई वर्षाको सम्भावना रहेको बताए।

शनिबार, आइतबार, सोमबार र मंगलबार पनि देशैभरिको मौसममा आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्यभागका केही र पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जनसहित वर्षा भउको थियो । नेपालमा सामान्यतया जुन १० बाट मनसुन सुरु हुन्छ। तर यस समयबाहेक अगाडि पछाडि हुनसक्ने महाशाखाले जनाएको छ।

३ दिनको मौसमी विवरण

काठमाडौं उपत्यकामा पनि केहीबेर मौसम खुलेको जस्तो भएर फेरि बदली हुनेछ । अपराहन्न वा साँझतिर पूर्व र मध्यका केही स्थान तथा पश्चिम पहाडका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । यस्तै हावाहुरी चल्ने सम्भावना पनि रहेको मौसमविद्हरुले बताएका छन् ।

उपत्यकामा भने फाट्फुट् पानी पर्ने सम्भावना छ । प्रि मनसुन तथा बंगालको खाडीबाट जल वाष्पयुक्त वायु सतही रुपमा आएकाले केही दिनदेखि मौसम बदली भएको हो ।

जेठ २२ गते (बुधबार)-

दिउँसो: देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य वदलीरही मध्य तथा पुर्वी भु-भागका केहि स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा अपरान्ह पछि वा साँझतिर मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ ।

राति: देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भु-भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

जेठ २३ गते (बिहिबार)-

दिउँसो देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थान र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशका पहाडी भेगका अधिकांश स्थानहरूमा आंशिक वदली रही थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

जेठ २४ गते (शुक्रबार)-

दिउँसोस् देशका पूर्वी भूभागमा सामान्य वदली रहने तथा मध्य र पश्चिमी भू भागका स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु(भागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ।

रातिस् देशका पूर्वी भूभागमा सामान्य वदली रहने तथा मध्य र पश्चिमी पहाडी भू भागका स्थानहरूमा आंशिक वदली रही मध्य तथा पुर्वी भु-भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।