१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोसी बाढी: उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिइने बाढीबाट क्षतिग्रस्त सडक–पुल पुनर्निर्माणमा जोड दिन सांसद कँडेलको माग हिमाली जलवायु तथा विपद् कोष स्थापना गर्न सरकारसँग वर्षमान पुनको माग ‘ग्रीन आर्मी नेपाल’बारे काँग्रेसको प्रश्न–अमेरिकाको ‘ब्ल्याकवाटर’जस्तै प्राइभेट मिलिटरी कम्पनी हो ? सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय सांसद खड्काको अवस्था सामान्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्दा नदिएको भन्दै रौतहटमा मेयर कुटिए



अ+ अ-

रौतहट । इद मनाउनका लागि चन्दा नदिएको भन्दै स्थानीयको एक समूहले राजपुर नगरपालिकाको मेयरलाई कुटपिट गरेका छन् ।

मंगलबार राति रौतहटको राजपुर नगरपालिकाका मेयर शेख सकिलमाथि राजपुरको महम्मुदिया मस्जिदमा कुटपिट भएको हो ।

स्थानीय शेख निषाधले चन्दा मागेको र प्रमुखले दिन्न भनेपछि तत्कालै उनले आक्रमण गरेको जनाएको छ।

राजपुर नगरपालिकाका सूचना अधिकारी बैजु ठाकुरका अनुसार आक्रमण गर्ने युवाहरूले अख्तरको टाउकोमा टर्च लाइटले प्रहार गरेर घाइते बनाएपछि उनलाई गएराति नै जिल्ला अस्पतालमा सामान्य उपचार गरेर थप उपचारका लागि वीरगन्ज लगिएको थियो। आक्रमण गर्ने युवाहरू फरार छन्। मेयर अख्तरको टाउको र आँखामा गहिरो चोट लागेको छ।

मेयरमाथि हातपात भएको प्रहरी प्रवक्ता डीएसपी नविन कार्कीले पुष्टि गरे । टाउकोमा चोट लागेका मेयरको गौर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको थियो ।

मेयरमाथि आक्रमण गरेका व्यक्तिहरु फरार रहेका छन् । घटनापछि अहिले राजपुरमा जिल्ला प्रहरी कार्यालय गौरबाट पनि प्रहरी पठाएर आक्रमणकारीको खोजी भइरहेको डिएसपी कार्कीले बताए ।




भर्खरै