२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’ कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने जातीय विभेद अन्त्य गर्न पाँचथर घोषणापत्र जारी ‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली ,दाहाल र नेपाल एउटै मञ्चमा



अ+ अ-

काठमाडौ।नेपाली कांग्रेसले आफ्नो  १४ औँ महाधिवेशनको उद्घाटन मञ्चमा पार्टी फुटपछि तीनतिर उभिएका कम्युनिष्ट नेताहरुलाई आमुन्ने–सामुन्ने बनाउदै छ । नेकपा हुदै एमाले सम्म बिभाजन पछि सम्बाद हिनताको अबस्थामा रहेका एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल एउटै मञ्चमा उपस्थित हुन लागेका हुन् ।  

एमालेको दशौँ महाधिवेशन उद्घाटन समारोहमा कांग्रेस सभापति देउवा सहभागी हुनु भएको थियो भने माओबादी अध्यक्ष दाहालले आफ्नो गृहजिल्लामा भएको कार्यक्रममा सहभागीता जनाउनु भएको थिएन । माओबादीका तर्फबाट स्थायी कमिटी सदस्य लिलामणी पोखरेल उपस्थित हुनु भएको थियो ।  एमालेले नेकपा एकिकृत समाजबादीलाई पार्टीका रुपमा स्वीकार नै गरेको छैन । जसका कारण महाधिबेशनका आमन्त्रण नै गरेको थिएन ।

एमालेको महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री देउवा पुरै समय बस्नु भएको थियो । उहाँले सम्बोधन गर्ने क्रममा  ओली आफ्नो जेलमेट रहेको भन्दै लोकतन्त्रको दीर्घ जीवनका लागि कांग्रेस–कम्युनिस्ट मिल्नुपर्ने बताउनु भएको थियो ।

उता  ओलीलेपनि   प्रचण्ड र नेपालले खुट्टा तानिरहेकै कारण अहिलेको सरकारले सोचेजस्तो काम गर्न नसकेको टिप्पणी गर्नुभएको थियो । एकै पार्टीका रहेका तर पछि अलग अलग भएका ओली–प्रचण्डबीच एक बर्ष देखी औपचारिक भेट भएको छैन भने एमाले बिभाजन यता ओली–नेपाल पनि भेट छैन ।