६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भद्रपुरमा १२ बिगाह क्षेत्रफलमा विरूवा रोपियो



अ+ अ-

भद्रपुर । विश्व वातावरण दिवसको अवसर पारेर भद्रपुरमा १२ बिगाह क्षेत्रफलमा विभिन्न जातका विरूवा रोपिएकोे छ । वन डिभिजन कार्यालय झापाको आयोजनामा चन्द्रगढी सामुदायिक वन क्षेत्रमा रहेको १२ बिगाहा खाली जमिनमा विभिन्न प्रजातिका विरूवा रोपिएको हो ।

“स्वच्छ वायु, स्वास्थ्य जीवन” नाराका साथ मनाइएको विश्ववातावरण दिवस सफल पार्न डिभिजन वन कार्यालय झापाले भद्रपुर स्थित चन्द्रगढी सामुदायिक वन क्षेत्र रोजेको हो ।

डिभिजन वन झापाका प्रमुख विष्णुलाल घिमिरेको अध्यक्षता तथा प्रदेश संसद गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल, भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ, उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।