२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’ कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने जातीय विभेद अन्त्य गर्न पाँचथर घोषणापत्र जारी ‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस संस्थापन इतरको बैठक साँझ ५ बजे बस्ने



अ+ अ-

काठमाडौं । सहमतिमा साझा उम्मेदवारबारे अझै टुंगो लगाउन नसकेको नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज साँझ ५ बजे बैठक बोलाएको छ ।

महाधिवेशनको उद्घाटन सकिएपछि केन्द्रीय सदस्य, जिल्ला सभापतिसहितको छलफल बोलाइएको हो । 

शुक्रबार पौडेल निवास बोहराटार पुगेका नेताहरूले उम्मेदवारका चारजना आकांक्षीहरूसहितलाई राखेर साँझ बैठक गर्ने जानकारी गराएर निस्किएका हुन् ।

पौडेललाई भेट्न अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, महेश आचार्य, बलबहादुर केसी, गगन थापालगायतका नेता बोहराटार पुगेका थिए ।

कांग्रेस संस्थापनइतरबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरू शेखर कोइराला र प्रकाशमान सिंह सभापतिमा आकांक्षी छन् ।