१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशनमा अलि अबेर पुगे ओली



अ+ अ-

काठमाडौं  । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत भृकुटीमण्डपमा उद्घाटन सत्र जारी छ । 

उद्घाटनलाई सम्बोधन गर्न प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा करिब डेढ घण्टापछि भृकुटीमण्डप पुगेका छन् । 

उनीभन्दा पहिले उद्घाटन स्थल भृकुटीमण्डपमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा, नेकपा (माआवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत उपस्थित भइसकेका छन् । 

तत्कालीन नेकपाको किचलो र विभाजनपछि ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा देखिएका छैनन् । ओलीको आज उद्घाटन सत्रमा प्रचण्डसँग एक वर्षपछि र नेपालसँग पाँच महिनापछि मञ्च सेयर भएको हो ।