७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

खडेरी प्रभावित केन्याली नागरिकलाई चीनको सहयोग



अ+ अ-

नैरोबी । चीनले लामो खडेरीबाट सर्वाधिक प्रभाव परेको केन्याका लागि ११ हजार ८३५ टन चामल प्रदान गरेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

केन्याका लागि चिनियाँ राजदूत ऊ पेङले उक्त सहयोगको पहिलो खेप सुख्खा प्रभावित इलाकामा वितरण भइसकेको र बाँकी चामल पनि वितरणको क्रममा रहेको बताउनुभयो ।

राजदूत पेङले दोस्रो खेपका रुपमा अरु एक हजार ५०० टन चामल ढुवानीको कार्य भइरहेको जानकारी दिनुभयो । उहाँले चीनको सहयोगमा आएको चामल एक समारोहबीच केन्याली अधिकारीहरुलाई हस्तान्तरण पनि गर्नुभएको छ ।

सन् २०१७ मा चीन सरकारले केन्याका निम्ति करिब दुई करोड २० लाख अमेरिकी डलर बराबरको आतकालीन मानवीय खाद्यान्न सहयोग उपलब्ध गराउने घोषणा गरेको थियो ।

सन् १९६३ मा स्वतन्त्र भएयता केन्यालाई चीन सरकारले १०० भन्दा बढी परियोजनामा वित्तीय सहयोग गरेको छ । यस्तो सहयोगमा अनुदान, निब्र्याजी ऋण र सहुलियत ऋण रहेको छ ।