७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुईवटा पेस्तोल र ८ राउण्ड गोलीसहित भारतीय नागरिक पक्राउ



अ+ अ-

विराटनगर । प्रहरीले सोमबार राति विराटनगर–९ को एक होटलबाट दुईवटा पेस्तोल र ८ राउण्ड गोलीसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत सितामढी ग्राम पञ्चायत थान बैरगनिया–७ घर भएका २० वर्षीय कुनाल कुमार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठका अनुसार चेकजाँच गर्ने क्रममा अटोमेटिक पेस्तोल थान–१, सो पेस्तोलको म्याग्जिन थान–१ र म्याग्जिनमा लोड भएको ४ राउण्ड बरामद गरिएको बताए ।

उनकै साथबाट कटुवा पेस्तोल थान–१, पेस्तोलमा लोड भएको गोली–१ राउण्ड र उनको पाइन्टको गोजीमा ३ राउण्ड गोली भेटिएको हो ।

हतियारसहित पक्राउ परेका कुमारलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान गरिरहेको छ ।