१८ भाद्र २०८३, बिहीबार
,
Latest
बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने? कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७…
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोकप छनोट : स्टोनियाविरुद्ध जर्मनीको आठ गोल



अ+ अ-

काठमाडौं । जर्मनीले युरोकप छनोट फुटबलमा फराकिलो जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा जर्मनीले स्टोनियामाथि ८–० गोल अन्तरको फराकिलो जित निकालेको हो । जर्मनीका लागि मार्को रिउस र सर्ज गनाब्रीले समान २–२ गोल गरे । त्यस्तै, टिमो वर्नर, लिरो साने, लियोन गोरोत्जका र इल्के गुन्डोगोनले समान १–१ गोल गरे ।

जर्मनीले पहिलो हाफमा नै पाँच गोल गर्न सफल भएको थियो । दोस्रो हाफमा थप तीन गोल गर्दै जर्मनीले फराकिलो जित बनाएको हो ।

समूह सी मा रहेको जर्मनीको यो लगातार तेस्रो जित हो । दोस्रो स्थानमा रहेको जर्मनीको ९ अंक भएको छ । यता, शीर्ष स्थानमा रहेको उत्तरी आयरल्यान्डले पनि जित निकालेको छ । उसले लगातार चौथो खेलमा जित निकाल्ने क्रममा बेलारुसलाई १–० गोलअन्तरले पराजित गरेको हो ।