१८ भाद्र २०८३, बिहीबार
,
Latest
बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने? कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७…
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोकप छनोट : एन्डोरामाथि फ्रान्सको सहज जित



अ+ अ-

काठमाडौं । विश्वविजेता फ्रान्सले फुटबलमा एन्डोरामाथि सहज जित निकालेको छ ।मंगलबार राति समूह एचको खेलमा फ्रान्सले एन्डोरालाई ४–० गोलको जित निकालेको हो ।

फ्रान्सको जितमा केलियन एम्बाप्पे, बेन यडर, फ्लोरियन थाउभिन र कर्ट जुमाले समान एक एक गोल गरे ।खेलको ११औं मिनेटमा नै एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

त्यस्तै, यडरले ३०औं मिनेटमा गोल परेपछि फ्रान्सले २–० गोलको अग्रता बनायो । एकपछि अर्कोे गोल गर्ने क्रममा फ्रान्सले पहिलो हाफको अन्तिम समयमा अर्को गोल थप्न सफल भयो । योपटक भने थाउभिनले गोल गर्न सफल भए ।

पहिलो हाफमा ३–० गोलको अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा एक गोल थप्न सफल भयो । खेलको ६०औं मिनेटमा जुमा गोल गर्दै फ्रान्सलाई ४–० गोलको जित दिलाए ।

चार खेलबाट तीन खेलमा जित र एक खेलमा हार ब्यहोरेको फ्रान्सको ९ अंक भएको छ । समूह एचअन्तर्गत नै भएका अन्य खेलमा टर्की आइसल्यान्डसँग २–१ गोलअन्तरले पराजित भएको छ । यता, अल्बानियाले भने माल्डोभालाई २–० गोलअन्तरले पराजित गरेको छ ।