१८ भाद्र २०८३, बिहीबार
,
Latest
बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने? कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७…
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंका र बंगलादेशको खेल पानीले रोकियो, बन्यो नयाँ रेकर्ड



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटमा श्रीलंका र बंगलादेशको खेल पानीले विथोलेको छ । ब्रिस्टोलमा लगातार पानी परेपछि टस समेत हुन सकेन र दुबै टिमले १-१ अंक बाँडेका छन् ।

लगातार दोस्रो खेल पानीले विथालेपछि श्रीलंका मारमा परेको छ । पाकिस्तान र श्रीलंकाको खेल पानीले रोकिएको थियो ।

विश्वकप २०१९ मा पानीले खेल हुन नसकेले दुबै टिमले अंक बाँडेको यो तेस्रो खेल हो । यो आफैंमा रेकर्ड हो ।

यसअघि १९९२ र २००३ को विश्वकपमा दुई खेल पानीका कारण रद्द भएको थियो ।

बीबीसीका अनुसार बुधबार अष्ट्रेलिया र पाकिस्तानबीच खेल हुने टान्टन र भारत र न्यूजिल्याण्डको खेल हुने ट्रेन्ट ब्रिजमा पनि पानी पर्ने पूर्वानुमान गरिएको छ ।