७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुकाकुको दुई गोलले बेल्जियमको जित, अर्काे खेलमा इटालीले बोस्निया हर्जगोभिनालाई हरायो



अ+ अ-

काठमाडौं । बेल्जियमले युरोकप छनोट फुटबलमा स्कटल्यान्डलाई पराजित गरेको छ ।बेल्जियमले स्कटल्यान्डलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।

बुधबार बिहान समूह आईअन्तर्गत भएको खेलमा बेल्जियमको जितमा रोमेलु लुकाकुले दुई गोल गर्दा एक गोल भने केभिन डे ब्रुयनले गरे ।

खेलको पहिलो हाफमा एक गोलको अग्रता बनाएको बेल्जियमले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । पहिलो हाफको अतिरिक्त समयमा लुकाकुले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए ।

खेलको ५७औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई २–० गोलको अग्रता दिलाए । त्यस्तै, खेलको अन्तिम समयमा केभिनले गोल गर्दै बेल्जियमलाई ३–० गोलको जित दिलाए ।

युरोकप छनोटअन्तर्गत नै समूह जे को खेलमा इटालीले बोस्निया हर्जगोभिनालाई २–१ गोलअन्तरले पराजित गरेको छ ।