१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता गाउँ गए कुन चोर आएछ भन्छन्: राजेन्द्र लिङ्देन



अ+ अ-

काठमाडौं । राष्ट्यि प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले देशको राजनीति ठिक ढंगले नचलेको बताएका छन् ।  नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

उनले भने, 'अहिले आम जनताको दृष्टिकोणमा राजनीति लिगबाट बाहिर गएको देखिन्छ । सरकार सरकार जस्तो छैन, संसद संसद जस्तो छैन, अदालत अदालत जस्तो छैन । यो सबलाई ठिक लगाउने राजनीति ठिक छैन ।’ 

उनले अगाडी भने, हाम्रो गाउँघरतिर पार्टीका कार्यकर्ताहरुले नेता बोलाउँदा, चौतारा, सामुदायिक भवनमा नेता बोलाएर राख्छन्, र गाउँका मानिसलाई आउनु न एकछिन फलानो ठाउँमा हाम्रो नेता आउँदै हुनुहुन्छ । नेता आउँदै हुनुहुन्छ भन्दा मान्छेले आजकल मेरो नाम भनुँ कि अरु नेताको नाम भनुँ, नभनुँ । कुन नेता आएछन् भनेर मानिसले सम्झिँदैनन् कुन चाहीँ चोर आएछ भनेर सम्झिन्छन् ।’