काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मानिएका गृहसचिव प्रेमकुमार राईलाई मुख्यसचिव बनाउन लागिएको छ ।यसअधि गृहमन्त्रालय माओवादीको पोल्टामा परेपछि राईलाई प्रधानमन्त्री ओलीले नै गृहसचिव बनाएका थिए ।
स्रोतका अनुसार राईलाई प्रधानमन्त्री नेपाल फर्कने बित्तिकै मुख्यसचिव नियुक्त गरिने बतायो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई गृहसचिवको जिम्मेवारी दिएर गृहसचिवलाई मुख्यसचिव बनाउने प्रधानमन्त्री ओलीको योजना छ ।
गत साताको मन्त्रिपरिषद् बैठकमा मुख्य सचिव लोकदर्शन रेग्मीलाई प्रधानमन्त्री ओलीले दक्षिण अफ्रिका र दक्षिण कोरिया मध्ये एक देशको राजदूत पद रोजेर मार्ग प्रशस्त गर्न सुझाव दिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।