७ पुष २०८२, सोमबार
,
Latest
विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

युगान्डामा इबोला देखियो, एक पाँच वर्षीय बालकमा संक्रमण फेला



अ+ अ-

कम्पाला । युगान्डाका स्वास्थ्यमन्त्री जेन रुथ आसेङले युगान्डामा पहिलोपटक प्राणघातक इबोला रोगको संक्रमण देखिएको बताएका छन् ।

छिमेकी मुलुक कङ्गो नजिकको कासेस जिल्लाको पश्चिमी भेग निवासी एक पाँच वर्षीय बालकमा इबोलाको संक्रमण फेला परेको मन्त्री आसेङले बताए ।

कङ्गोमा इबोलाको संक्रमण व्यापक रुपमा फैलिएसँगै युगान्डामा सतर्कता अपनाइएको थियो ।सन् २०१२ मा युगान्डामा इबोला र मारबर्ग भाइरस फैलिएको थियो । उक्त संक्रमणका कारण इबोलाबाट २० जना र मारबर्गबाट ९ जनाको ज्यान गएको थियो ।

इबोला ज्यादै संक्रामक रोग हो । इबोला भएका मानिसको शरीरले अर्को व्यक्तिलाई छोएमा अर्को इबोला संक्रमित हुन्छ । उच्च ज्वरो, झाडा र आँखा रातो हुनु यस रोगको लक्षण हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार इबोलाको ज्वरोबाट मानिसको मृत्यु हुने दर ज्यादै बढी हुन्छ अर्थात् यस रोगबाट पीडित व्यक्तिको मृत्यु हुने सम्भावना ५० देखि ८९ प्रतिशत रहन्छ ।