७ पुष २०८२, सोमबार
,
Latest
विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंबाट नेपालगन्ज उडेको बुद्ध एयरको जहाजले अवतरण गर्न सकेन



अ+ अ-

काठमाडौं । काठमाडौंबाट नेपालगन्ज उडेको बुद्ध एयरको जहाज नेपालगन्ज विमानस्थलमा अवतरण गर्न नसकेपछि भैरहवा डाइभर्ट भएको छ ।

नेपालगन्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार हावाहुरीका कारण करिब आधा घण्टा विमानस्थल पूर्णरुपमा बन्द भएको थियो । अहिले भने अवस्था सामान्य भइसकेको छ । भैरहवा डाइभर्ट भएको बुद्धको जहाज नेपालगन्जका लागि फिर्ता हुने क्रममा रहेको उनले जानकारी दिए ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु सुदुरपश्चिमबाट नेपाल छिरेपछि बुधबार बिहान यसको प्रभाव देखिएको हो । हावाहुरीले पश्चिम क्षेत्रको आन्तरिक विमानस्थलमा उडान अवतरण प्रभावित बनाएको छ ।

यता बुधबारदेखि नै संचालनमा आएको धनगढी विमानस्थलमा जहाज पुग्ने बेलासम्म मौसम सामान्य भइसकेको थियो ।

काठमाडौंबाट उडेको श्री एयरलाइन्सको जहाज धनगढीमा अवतरण भइसकेको धनगढी विमानस्थलले जानकारी दिएको छ । धावनमार्ग मर्मत गर्न यो विमानस्थल २२ वैशाखदेखि बन्द भएको थियो ।

काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट भने सामान्य अवस्थामा उडान–अवतरण भइरहेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।