६ आश्विन २०८१, आईतवार
,
Latest
नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढ्यो ‘अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि घटाऔँ, रमाइलोमा सिमित नगरौँ’: सांसदहरु बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प एसियन च्याम्पियनसीपमा एरिकाले जितिन् ऐतिहासिक रजत नेपालले इरानमा सिनियर वर्ल्ड कप बिच कबड्डी खेल्ने मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित कोशी प्रदेश सभा: बजेट पारित, २२ महिनापछि समितिका सभापति चयन ‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेजन विश्वकै सबैभन्दा मूल्यवान् ब्राण्ड, गुगल र एप्पलको एकक्षत्र राज सकियो



अ+ अ-
LOS ANGELES, CA – SEPTEMBER 20: Founder and CEO of Amazon.com Jeff Bezos arrives at Amazon Video’s 67th Primetime Emmy Celebration at The Standard Hotel on September 20, 2015 in Los Angeles, California. (Photo by Amanda Edwards/WireImage)

काठमाडौं । अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजन विश्वकै सबैभन्दा मूल्यवान् ब्राण्ड भएको छ । अमेजन गुगल र एप्पल कम्पनीलाई पछि पार्दै मूल्यवान ब्राण्ड बनेको हो ।

जेफ बेजोस कार्यकारी अधिकृत रहेका अमेजनले ब्राण्डहरुको उत्कृष्ट १ सय स्थानको पहिलो नम्बरमा गुगल र एप्पलको निकै लामो समयसम्म रहेको एकाधिकारले समाप्त पारेको छ ।

अमेजनको मूल्य ३१५ दशमलव ५ बिलियन अमेरिकी डलर छ, जुन सन् २०१८ को तुलनामा ५२ प्रतिशतले बढेको हो ।

अमेजनले अहिले नयाँ क्षेत्रमा आफ्नो व्यापार बढाएको छ, जुन अमेजनको मूल व्यवसायभन्दा फरक छ । यसैबाट अमेजनले राम्रो दरमा पैसा कमाउँदै आएको छ ।

अमेजनले अब क्लाउड कम्प्युटिंग र होम हार्डवेयर (अमेजन एलेक्सा) मा पनि नेतृत्व गरिरहेको छ ।

यसका अलावा बेलायतको फुड डेलिभरी कम्पनी डेलिभरी, विद्युतीय ट्रक स्टार्टअप र टेल्सा रिभल रिभान, र स्वचालित ड्राइभिङ कार कम्पनी रिभियनमा पनि लगानी गरेको छ ।