७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सेभ द स्कुल’को नाममा ठगी गरेको आरोपमा बाराबाट एकजना पक्राउ



अ+ अ-

वीरगञ्ज । ‘सेभ द स्कुल’को नाममा ठगी गरेको आरोपमा बाराबाट प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका–२ घर भएका ३२ वर्षीय वीरेन्द्र कुमार रहेका छन् ।

वीरेन्द्रले बारा जिल्लाको कोल्हवी क्षेत्र अन्र्तगत सञ्चालनमा रहेका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षिकाहरुसँग ‘सेभ द स्कुल’को नाममा शैक्षिक सामाग्रीहरु किनबेच गर्ने, तालिम संचालन गर्ने र वृज कोर्स गराउने जस्ता योजना सुनाइ रकम उठाउँदै ठगी गरेको जिल्ला प्रहरी कार्यालय बाराको मुद्धा शाखामा कार्यरत प्रहरी निरीक्षक चन्द्र किशोर साहले बताए ।

इलाका प्रहरी कार्यालय कोल्हवीको टोलीले वीरेन्द्रलाई बाराकै कोल्हबी नगरपालिका३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय अगाडिबाट २७ गते सोमबार पक्राउ गरेको थियो ।

उनको साथबाट रकम उठाउन प्रयोग गरिने ‘सेभ द स्कुल’ लेखिएको १ थान र ‘विद्यालय बचाउ अभियान’ लेखिएको २ थान रसिदको ठेलीसमेत फेला पारिएको प्रहरीले जनाएको छ ।

ठगी मुद्धामा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।