२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’ कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने जातीय विभेद अन्त्य गर्न पाँचथर घोषणापत्र जारी ‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

केही साना दललाई कांग्रेसले औंला समाउन दिएन भने के होला भन्ने पिर छः अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहेका गठबन्धनका साना दलहरुको कांग्रेसको समर्थन नरहे भविष्य नरहेको बताएका छन् । 

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

‘ केही साना दलहरुलाई कांग्रेसले औंला समाउन दिएन भने के होला भन्ने पिर छ ।’ उनले भने, ‘सँधै सुन्छु सँगै जानुपर्छ– सँगै जानुपर्छ भनेको सरकारमा मात्रै होकी देश बनाउन सँगै जाने हो ? ‘सँधै सुन्छु सँगै जानुपर्छ– सँगै जानुपर्छ भनेको सरकारमा मात्रै होकी देश बनाउन सँगै जाने हो ?’ देश बनाउने कुरामा एमाले कांग्रेससँगै छ । हामी सरकारमा छैनौं, प्रतिपक्ष भनेको संसदको अंग होइन ? हामी साथमा छैनौं लोकतन्त्रको साथमा ?’