१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिरामीको उपचारमा डाक्टरको चरम लापरवाही, पित्तथैलीको अपरेशन गर्दा आन्द्रा काटियो



अ+ अ-

काठमाडौं । काठमाडौंको चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा पित्तथैलीको शल्यक्रिया गर्ने क्रममा बिरामीको मृत्यु भएको छ ।

पित्तथैलीमा समस्या भएकाले उपचारका लागि अस्पतालमा भर्ना भएकी सिन्धुपाल्चोककी ५० वर्षीया रामप्यारी थापाको मृत्यु महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।रामप्यारी गत शुक्रबार हिँड्दै अपरेशनका लागि ओम अस्पताल पुगेकी थिइन् ।

गत शुक्रबार अस्पताल भर्ना गरिएकी थापाको उपचारका क्रममा मृत्यु भएको भन्दै अस्पताल प्रशासनले बिहीबार विहान मात्रै आफन्तलाई जानकारी दिएको थियो ।

ड्रिल गरेर अपरेशन गर्दा सानो आन्द्रा पनि छेडिएको र त्यो नटाल्दा शरीरभर संक्रमण फैलिएर बिरामीको मृत्यु भएको मृतकका आफन्तले बताएका छन् । ‘निको हुँदै छ भनेर डक्टर भन्नुभएको थियो । तर आज विहान सात बजे मृत्यु भयो भन्नुभयो’, बिरामीका आफन्त खड्ग श्रेष्ठले भने, ‘अस्पतालको चरम लापरवाहीले राम्रै मानिसको पनि यो हालत भएको छ ।’

रामप्यारीलाई मृतक घोषणा गरेसँगै आफन्तले ओम अस्पतालमा नाराबाजी गरेका छन् ।अहिले प्रहरीको रोहवरमा अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल भइरहेको जनाइएको छ ।