७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल द्रुत आर्थिक विकास र समुन्नतिको मार्गमाः उपाध्यक्ष ढकाल



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालले नेपालमा स्थिर सरकार र सुदृढ व्यवसायिक वातावरण बनेको बताउँदै द्रुत आर्थिक विकास र समुन्नतिको मार्गमा अगाडि बढेको बताएका छन् ।


अन्र्तराष्ट्रिय श्रम संगठनको १०८औं वार्षिक समारोहका अवसरमा स्विजल्याण्डको जेनेभामा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै ढकालले स्थिर सरकार, सुदृढ व्यवसायिक वातावरण, युवाहरुको ठूलो संख्या तथा लगानिका प्रसस्त संभावनाहरुले गर्दा नेपाल अहिले उच्च आर्थिक वृद्धिको चरणमा रहेको बताएका छन् ।


पर्यटन, भौतिक पूर्वाधारको विकास, कृषि व्यवसाय र उत्पादनमूलक क्षेत्रमा रहेका अधिक सम्भावना र उच्च प्रतिफल, तथा विश्वका दुई ठूला अर्थतन्त्रसँगको सहज पहुचले गर्दा नेपाल सम्भावनै सम्भावनाको खानी बन्ने धारणा व्यक्त गरे ।


“हामीले दिगो र समावेशी आर्थिक विकास प्रवद्र्धन गर्ने, धेरै भन्दा धेरै रोजगारिका अवसरहरु सृजना गर्ने र राम्रो रोजगारिको अवसर सृजना गर्ने उद्देश्य राखेका छौं । हामीलाई लाग्छ सहकार्य र वार्ताको माध्यम नै हामीलाई हाम्रो लक्षसम्म पु¥याउने उचित माध्यम हो” उनले भने ।
नेपालको कानुन र नियमहरुका बारेमा बताउँदै, ढकालले सहकार्य र वार्ताको माध्यमबाट श्रमिक र रोजगारदाताबीच सहमतीको वातावरण बनाएर नेपाल नमुना समेत बनेको उनले बताए ।


“हामीले वार्ताको माध्यमबाट धेरै समस्याहरु समाधान गर्न सफल भएका छौं । हालै नेपाल सरकारले ल्याएको सामाजिक सुरक्षा योजना यसको एउटा उदाहरण हो” उनले भने ।
श्रमको भविष्य व्यवसायको भविष्यमा निर्भर रहने बताउँदै उनले सबैको सामुहिक प्रयास र उपर्युक्त व्यवसायिक नीतिले मात्र व्यवसायिक क्षेत्रको दिगोपना सुनिश्चित गर्न सकिने बताए ।


उनले श्रमको भविष्यसम्बन्धी ग्लोबल प्रतिवेदन रोजगारदाताका लागि श्रमिक बजारमा देखिएको सीपको अन्तरलाई सम्बोधन गर्दै आजको वर्तमान परिवर्तित अवस्थामा व्यवसायको मोडालिटि बनाउन सहयोगी हुने बताए ।


ढकालले आजको वर्तमान अवस्थामा उत्पन्न नयाँ चुनौतिहरुको समाधान गर्दै असमानता विरुद्धको यात्रा जारी राख्दै सामाजिक न्याय प्रवद्र्धन गर्न सरकार, रोजगारदाता र श्रमिकबीचको तीन पक्षीय सहकार्य आवश्यक रहेको जनाए ।