७ पुष २०८२, सोमबार
,
Latest
नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई आक्रमणमा एघार लडाकू मारिए



अ+ अ-

लासकार घा । अफगानिस्तानका दक्षिणी प्रान्त हेल्मण्डको नाद अलि र मार्जा जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध गरेको हवाई कारबाहीको क्रममा ११ जना मारिएका सेनाद्वारा बिहीबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

स्थानीय समयानुसार बुधबार अपराह्नमा गरिएको यस हवाई कारबाहीमा केही सङ्ख्यामा तालिबान लडाकू घाइते हुनुका साथै ती लडाकू लुकेर बसेका बासस्थान ध्वस्त पारिएको छ ।

यस कारबाहीको क्रममा सर्वसाधारण र सुरक्षाबलतर्फ भने कुनै हताहत नभएको विज्ञप्तिमा उल्लेख छ । हेल्मण्ड प्रान्तका केही भागमा सक्रिय रहेका तालिबान लडाकू समूहले भने यस कारबाही कुनै पनि टिप्पणी गरेको छैन ।

यसैबीच अफगानिस्तानको कान्दाहार प्रान्तमा २० तालिबान लडाकू पक्राउ परेका छन् । अफगानिस्तानको दक्षिण भागमा पर्ने कान्दाहार प्रान्त १० दिनयता ती २० लडाकू पक्राउ परेका गुप्तचर निकायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेका यी सबै तालिबान लडाकू सरकार विरोधी हिंसात्मक क्रियाकलापहरुमा सहभागी रहँदै आएका छन् ।