१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई आक्रमणमा एघार लडाकू मारिए



अ+ अ-

लासकार घा । अफगानिस्तानका दक्षिणी प्रान्त हेल्मण्डको नाद अलि र मार्जा जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध गरेको हवाई कारबाहीको क्रममा ११ जना मारिएका सेनाद्वारा बिहीबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

स्थानीय समयानुसार बुधबार अपराह्नमा गरिएको यस हवाई कारबाहीमा केही सङ्ख्यामा तालिबान लडाकू घाइते हुनुका साथै ती लडाकू लुकेर बसेका बासस्थान ध्वस्त पारिएको छ ।

यस कारबाहीको क्रममा सर्वसाधारण र सुरक्षाबलतर्फ भने कुनै हताहत नभएको विज्ञप्तिमा उल्लेख छ । हेल्मण्ड प्रान्तका केही भागमा सक्रिय रहेका तालिबान लडाकू समूहले भने यस कारबाही कुनै पनि टिप्पणी गरेको छैन ।

यसैबीच अफगानिस्तानको कान्दाहार प्रान्तमा २० तालिबान लडाकू पक्राउ परेका छन् । अफगानिस्तानको दक्षिण भागमा पर्ने कान्दाहार प्रान्त १० दिनयता ती २० लडाकू पक्राउ परेका गुप्तचर निकायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेका यी सबै तालिबान लडाकू सरकार विरोधी हिंसात्मक क्रियाकलापहरुमा सहभागी रहँदै आएका छन् ।