७ पुष २०८२, सोमबार
,
Latest
विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमानका विदेशमन्त्री बग्दादमा



अ+ अ-

बग्दाद । ओमानका विदेश मन्त्री युसुफबिन अलावी इराक भ्रमणका लागि बुधबार बग्दाद आइपुग्नुभएको छ । उहाँले इराकी नेताहरुसँग दुई मुलुकबीचका साझा मुद्दाहरुका साथै मध्यपूर्वमा जारी तनाबलाई मत्थर पार्ने विषयमा छलफल गर्नुहुनेछ ।

इराकी राष्ट्रपति बरहाम सालिहसँग पनि उहाँले भेटवार्ता गर्नुभएको छ । इराकी राष्ट्रपतिको कार्यालयले दुई नेताबीच इराक र ओमानले क्षेत्रीय मुद्दाहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विषयमा साझा धारणा बनाएको जनाएको छ ।

ओमानका विदेश मन्त्री अलावीले आफ्नो इराक भ्रमणले दुई मुलुकबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउन योगदान गरेको बताउनुभएको थियो ।

विदेश मन्त्री अलावीले इराकी प्रधानमन्त्री अदेल अब्दुल माहदीसँग पनि भेटवार्ता गर्नुभएको थियो । साथै उहाँले इराकी सभामुख मोहम्मद अल–हलबौसी, विदेश मन्त्री मोहम्मद अल–हकिम सहित प्रभावशाली सांसद र सरकारी उच्च पदाधिकारीसँग भेटघाट गर्नुभएको छ ।

संयुक्तराज्य अमेरिकाले इरानमाथि कडा नाकाबन्दीको घोषणासँगै मध्यपूर्वका मुलुकमा भड्किन सक्ने सम्भावित द्वन्द्वलाई विचार गरी अमेरिकाले नौसैनिक जहाज तैनाथ गरेकै समयमा ओमानी नेताले इराक भ्रमण गर्नुभएको छ ।

खासगरी सम्भावित इरानी आक्रमणलाई निस्तेज पार्न अमेरिकाले पछिल्ला दिनमा सैनिक उपस्थिति क्षेत्रमै बलियो बनाएको छ ।