७ पुष २०८२, सोमबार
,
Latest
विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट: न्यूजील्यान्ड र भारतबीचकाे खेल वर्षाका कारण रद्द



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटकाे अर्काे खेलमा फेरि वर्षा बाधक बनेकाे छ । न्यूजिल्यान्ड र भारतबीच बिहीबारका लागि तय भएकाे प्रतिस्पर्धा वर्षाकै कारण रद्द भएकाे छ ।

इंग्ल्यान्डको ट्रेन्ट ब्रिजमा भारत र न्यूजिल्यान्डबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा हुने तय भएकाे थियाे ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको न्यूजिल्यान्ड लगातार तेस्राे खेल जितेर उच्च मनाेबलका साथ मैदानमा थियाे भने भारत पनि यसअघिको दुई खेलमा विजयी बनेको थियाे ।

न्युजिल्यान्डले यसअघिको पहिलो खेलमा श्रीलंकालाई १० विकेटले पराजित गरेको थियो। त्यसै गरी दोस्रो खेलमा दुई विकेटले बंगलादेशलाई पराजित गरेको थियो भने तेस्रो खेलमा अफगानिस्तानलाई सात विकेटले पराजित गरेको थियो ।

त्यस्तै भारतले यसअघि पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको थियो

खेल रद्द भएका कारण दुबै टिमले एक एक अंक पाएका छन् ।

शुक्रबारकाे खेल

वेस्ट इन्डिज विरूद्ध इङ्ल्यान्ड