७ पुष २०८२, सोमबार
,
Latest
नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाजिरी जमानीमा छुटे युट्युबर प्रनेश गौतम



अ+ अ-

काठमाडौं । ‘साइबर क्राइम’को अभियोगमा थुनामा रहेका प्रनेश गौतम रिहा भएका छन् । गौतमलाई बिहिबार राति दैनिक प्रहरीको सम्पर्कमा रहने गरी रिहा गरिएको हो ।

नेपाल प्रहरीको अपराध महाशाखाका प्रमुख सहकुल थापाले गौतमलाई हाजिरी जमानीमा रिहा गरेको जानकारी दिए ।

उनी शुक्रबार बिहान पुनः प्रहरीसँगको सम्पर्कको लागि प्रहरी कार्यालय गएको प्रहरीले जनाएको छ ।

गत शुक्रबारदेखि प्रहरी हिरासतमा रहेका गौतमलाई चलचित्र ‘वीर बिक्रम २’को भिडियो समीक्षा गरेका कारण निर्देशक मिलन चाम्सको उजुरी दिएका थिए ।

चाम्सले आफ्नो फिल्म वीरविक्रम–२ को समीक्षा बिगारेर गौतमले मेमे नेपाल नामक युट्युब च्यानलमा प्रकाशित गरेको आरोप लगाएर उजुरी दिएको बताइएको छ । विशुद्ध फिल्म समीक्षालाई लिएर नियन्त्रणमा लिइएको भन्दै यतिबेला प्रहरी कदमको आलोचना भइरहेको छ । यसैलाई लिएर राजधानीमा बुधबार प्रदर्शनसमेत गरिएको थियो ।

तर, निर्देशक चाम्सले यसको खण्डन गरेका छन् । आफ्नो मानहानी गरेकाले आफू युट्युबरविरुद्ध कारवाही माग गर्दै प्रहरीको शरणमा पुगेको उनको भनाइ छ ।

यता साइबर क्राइम अभियोगमा उनीमाथि प्रहरीले अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बिहीबार नै पठाइसकेको छ। सरकारी वकिल कार्यालयको प्राप्त निर्देशन अनुसार प्रहरीले मुद्दाको प्रक्रिया अघि बढाउनेछ।

यो पनि पढ्नुहोस् 

http://newspolar.com/2019/06/95684
http://newspolar.com/2019/06/95849