६ आश्विन २०८१, आईतवार
,
Latest
रवि निगरानीमा, प्रतिवेदन अध्ययन हुँदैछः प्रहरी यता रविलाई पक्राउका लागि प्रहरी परिचालन, उता स्वर्णिमसहित रास्वपाका १४ नेता चीनमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन एन्फा लिगमा वागमतीको दोस्रो जित दुर्गा प्रसाईलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति कार्यकर्ताहरूलाई पार्टी कार्यालयमा जम्मा हुन रास्वपाको सर्कुलर मन्त्री भण्डारी र भूटानीमन्त्री छिरिङबीच भेट काँग्रेस–एमालेबीच लिखित समझदारी नभएको भएपनि संविधान संशोधन आवश्यक थियो: सांसद निधी मेडिकल व्यवसायी प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस उपलब्धिको रक्षा गर्नेगरी संविधान संशोधन भए सहयोग गर्न तयार छौँ: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापति थापा भोली चीन जाँदै, भ्रमण दलमा श्रीमतीसहित आठ जना



अ+ अ-

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा चीन भ्रमणमा जाने भएका छन् ।

नेपाल सरकारको निर्णय बमोजिम असार १ गते औपचारिक भ्रमणको लागि चीन प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

प्रधानसेनापतिको नियुक्ति पश्‍चात् मित्रराष्ट्रहरुको भ्रमणको सिलसिलामा पहिलो पटक हुन लागेको चीन भ्रमणको भ्रमण दलमा श्रीमती दिपा थापा तथा कार्यरथी उपरथी अनन्त कार्कीसहित आठ जना रहने छन् ।


भ्रमणदल आइतबार एयर चाइनाको फ्लाईटद्वारा काठमाण्डौबाट चीनको छेङ्दु हुँदै बेइजिङतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रधानसेनापति थापाको चीन भ्रमण क्रममा सैन्य सहयोग सम्झौतामा हस्ताक्षर हुने स्रोतले बताएको छ। उनी असार १ मा सिचुवान प्रान्तको छेन्दू पुग्ने छन्। गत वर्ष असोज १ मा छेन्दुमै नेपाल–चीन संयुक्त सैन्य अभ्यास भएको थियो। उनी त्यहाँबाट चीनको राजधानी बेइजिङ जाने छन्। चिनियाँ समकक्षीलगायत चिनियाँ सेनाका वरिष्ठ अधिकारीसँग समेत उनले भेट गर्ने छन्। भ्रमणका क्रममा उनले पीएलएका विभिन्न युनिट अवलोकन गर्ने छन्।

चीन बसाइमा उनले चिनियाँ रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीसँग पनि भेट गर्ने छन्। चिनियाँ समकक्षीसँगको भेटमा सैनिक सहायता, नेपाल—चीन संयुक्त सैन्य अभ्यासलगायतमा छलफल हुने छ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रधानसेनापति थापासहितको उच्चस्तरीय भ्रमणदल भ्रमण सम्पन्‍न गरी असार ७ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।