१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शौचका लागि घरबाट निक्लिएकी किशोरीलाई बगैँचामा लगेर बलात्कार



अ+ अ-
फाइल फोटो

सप्तरी । किशोरीमाथि सामुहिक बलात्कार भएको आरोपमा सप्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको तिरहुत गाउँपालिका–४ का ३० वर्षीय मोहम्मद इद्रिस र १५ वर्षीय एक किशोर रहेका छन् ।

इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राकम अनुसार उनिहरुले शौचकालागि आइतबार राति घरबाट निक्लिएकी किशोरीलाई नियन्त्रणमा लिई एकान्त बगैँचामा लगेर बलात्कार गरेका थिए ।

पीडितकी आमाले दिएको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मिश्राका बताए । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।