७ पुष २०८२, सोमबार
,
Latest
ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैन्य कारबाहीमा बाह्र लडाकू मारिए



अ+ अ-

घाज्नी । अफगानिस्तानको घाज्नी प्रान्तमा लुकेर बसेका तालिबान लडाकूविरुद्ध भएको सैन्य कारबाहीको क्रममा १२ जना लडाकू मारिएका सेनाद्वारा शुक्रबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

स्थानीय समयानुसार बिहीबार अपराह्नबाट शुक्रबार बिहानसम्म जारी गरिएको यस कारबाहीमा केही सङ्ख्यामा तालिबान लडाकू घाइते हुनुका साथै ती लडाकू लुकेर बसेका बासस्थान ध्वस्त पारिएको छ ।

यस कारबाहीको क्रममा सर्वसाधारण र सुरक्षाबलतर्फ भने कुनै हताहत नभएको विज्ञप्तिमा उल्लेख छ । घाज्नी प्रान्तका केही भागमा सक्रिय रहेका तालिबान लडाकू समूहले भने यस कारबाही कुनै पनि टिप्पणी गरेको छैन ।