७ पुष २०८२, सोमबार
,
Latest
नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेष्ठ २८ गते भित्र महाभूकम्प आउँछ भन्ने महान ‘ज्योतिष’ छुटे



अ+ अ-

काठमाडौं । यहि जेष्ठ २८ गते भित्र देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाएको भन्दै पक्राउ परेका ‘ज्योतिष’ छुटेका छन् ।

शुक्रबार ‘ज्योतिषी’ अर्जुन थापा क्षेत्रीलाई जिल्ला अदालत काठमाडौंले तारेखमा रिहा गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

उनलाई प्रहरी परिसरकाले भ्रम सिर्जना (अफवाह) फैलाएको अभियोगमा गत जेठ २१ गते गौशालाबाट पक्राउ गरेको थियो ।

उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए ।