काठमाडौं । पाकिस्तानी ब्याट्सम्यान बाबर आजमले भारतीय कप्तान विराट कोहलीले जसरी खेल जिताउन चाहेको बताएका छन् ।
भारत र पाकिस्तानबीचको खेल आज दिउँसो ३ बजेर १५ मिनेटमा इंग्ल्यान्डको म्यान्चेस्टरमा सुरु हुँदैछ ।
चार वर्षयता निरन्तर पाकिस्तानी टिममा रहेका उनले एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० क्रिकेटसहित गरी करिब चार हजार बढी रन बनाएका छन् । जुन २०१६ देखि एकदिवसीय क्रिकेटको बरियतामा बढी रन बनाउने खेलाडीमा उनी पाचौं स्थानमा छन् । यो सूचीमा विराट र इंग्ल्यान्डका जोइ रुट पनि छन् ।
२४ वर्षीय दाहिने हाते ब्याट्समान बाबरले भने, ‘विभिन्न परिस्थितिमा विराटले गरेको ब्याटिङ गरेको देखेको छु । उनले बिभिनन् तरिकाले खेल्ने गर्छन् । विराटले उनको टिमलाई जिताउने अहम क्षमता राख्छ । म पनि यही खुशी हाशिल गर्नु चाहन्छु ।’
उनले भारतीय टिमसँग आइसीसीका शिर्ष स्थानमा रहेको बलर जस्रित ब्रुमरा रहेपनि उसको सामना गर्न पाकिस्तान टिम सबै तरिकाबाट तयार रहेको बताए ।
बाबरले भने, “हामीलाई कुनै शंका छैन कि भारतसँग राम्रा बलर छन् भनेर तर हामी यसअधि इङ्ल्यान्डसँग खेलि सकेका छांैं । इङ्ल्यान्डसँग पनि राम्रा बलर थिए । तर हामीले राम्रो खेखेका थियौं । त्यसैले हामी भारतसँग पनि राम्रो खेल्नेछौं भनेर विश्वास लिएका छौं ।”
सन् २०१७ मा आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा भारतलाई पाकिस्तानले १८० रनले पराजित गर्दै उपाधि उचालेको थियो । त्यसबेला बाबरले ६३ रनको योगदान दिँदै पाकिस्तानलाई खेल जिताएका थिए । त्यही बेलाका अधिकांश खेलाडी अहिलेको टिममा छन् । बाबरलाई यो विश्वास छ कि त्यस्तै प्रदर्शन गर्न अहिले पनि पाकिस्तानी खेलाडी तयार छन् ।
बाबर भन्छन् , “हाम्रो सामू त्यहि टिम छ । जुन टिमसँग हामीले पहिलापनि खेलेका थियौ । त्यहि जितले गर्दा हामी आत्मबिश्वासी बनेका छौ । हामी भारत विरुद्दको खेल जित्न केहि कसर राख्दैनौं । हामी भारत र पाकिस्तानको म्याच रोमान्चक हुने कुरामा ढुक्क छौं । त्यसैले हामी राम्रो खेल्ने छौं । यहि खेल हेर्न दुनियाका मानिसहरु कुरेर बसेका छन् ।”
”पूरै टिमका सदस्य यो खेलको लागि सकरात्मक छन् । म मात्रै होइन सबै टिमका सदस्य यो म्याच जित्न चाहन्छौं” , बाबरले भने ।