१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका : इक्वेडरमाथि उरुग्वेको फराकिलो जित, स्वारेजले खोले गोलको खाता



अ+ अ-

काठमाडौं । कोपा अमेरिका-2019 मा उरुग्वेले विजयी सुरुवात गरेको छ ।

सोमबार विहान भएको खेलमा उरुग्वेले १० खेलाडीमा सीमित भएको इक्वेडरलाई ४–० गोलले पराजित गरेको हो । उरुग्वेको जितमा निकोलास लोडेरिया, इडिसन काभानी र लुइस स्वारेजले समान एक एक गोल गरे भने एक गोल उपहार पाएको थियो ।

एकतर्फि बनेको खेलमा उरुग्वेका लागि खेलको छैटौं मिनेटमै निकोलास लोडेरियाले पहिलो गोल गर्दै अग्रता १–० बनाएका थिए । त्यसपछि इक्वेडर २४ औं मिनेटमा १० खेलाडीमा खुम्चियो । इक्वेडरका जोसे क्न्टिेरोज सोझै रातो कार्ड खाएर मैदान छाडेपछि एकतर्फी दबाब बढाउन थालेको उरुग्वेका लागि खेलको ३३औं मिनेटमा इडिसन काभानीले आकर्षक बाइसाइकल गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए ।

त्यपछि खेलको ४४ औं मिनेटमा लुइस स्वारेजले किपरको छेउबाटै गोल गर्दै अग्रता ३–० बनाएका थिए । पहिलो हाफ ३–० ले अगाडी रहेको उरुग्वेले दोस्रो हाफमा एक गोल उपहार पायो । उरुग्वेबाट लगातार आक्रमण खेल खेलेपछि इक्वेडर झन दवाबमा आयो । इक्वेडरका अर्टुरो मिनाले ७८औं मिनेटमा आत्मघाती गोल गरे । डि बक्सभित्र बल क्लियर गर्नेक्रममा मिनालाई लाग्दै बल आफ्नै पोस्टमा छिरेपछि उरुग्वेले खेलमा ४–० को अग्रता बनायो ।

बाँकी समयमा दुबैबाट गोल नभएपछि उरुग्वेले ३ अंक जोड्दै समूह ‘सी’को शीर्ष स्थान लियो । । पराजित इक्वेडर पुछारमा छ ।

भोलिका खेलहरु

असार ३ , मंगलबार – विहान ४:४५ बजे – जापान विरुद्ध चिली

अन्य खेलहरु

असार ४, बुधबार – विहान ३:१५ बजे – बोलिभिया विरुद्ध पेरु
असार ४, बुधबार – विहान ६:१५ बजे – ब्राजिल विरुद्ध भेनेजुएला
असार ५ , बिहीबार – विहान ३:१५ बजे – कोलोम्बिया विरुद्ध कतार
असार ५, बिहीबार – विहान ६:१५ बजे – अर्जेन्टिना विरुद्ध पराग्वे
असार ६ , शुक्रबार – विहान ४:४५ बजे – उरुग्वे विरुद्ध जापान
असार ७, शनिबार – विहान ४:४५ बजे – इक्वेडर विरुद्ध चिली
असार ८, आइतबार – मध्यरात १२:४५ बजे – बोलिभिया विरुद्ध भेनेजुएला
असार ८, आइतबार – मध्यरात १२:४५ बजे – ब्राजिल विरुद्ध पेरु
असार ९ , सोमबार – मध्यरा १२:४५ बजे – अर्जेन्टिना विरुद्ध कतार
असार ९, सोमबार – मध्यरात १२:४५ बजे – कोलोम्बिया विरुद्ध पराग्वे
असार १० , मंगलबार – विहान ४:४५ बजे – उरुग्वे विरुद्ध चिली
असार १०, मंगलबार – विहान ४:४५ बजे – इक्वेडर विरुद्ध जापान